हाम्रो समाजमा जता जानुहुन्छ त्यतै सुन्न र देख्न पाइने पुरुष वा महिलाबीच चलिरहेको एउटै मात्र लहर हो, विदेश जाने । स्वदेशमावेरोजगारी आफ्नो ठाउँमा छ । कोरोनाको महामारी त छदै छ तैपनि विदेश जाने ढोका के खुल्यो दिनभरी लामबद्ध भइ विदेश गइरहेकाछन् । यस्तो महामारीमा पनि गत साउन १ गतेवाट ढोका खुल्यो हाम्रा युवायुवति लाइनमा बस्न पुगे । अव हाम्रो समाजमा युवा पाउनेभनेको कि तपाईं परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा जानुपर्छ कि वैदेशिक अध्यागमन विभाग जानुपर्छ । कि त अन्तिम विकल्प भनेकोविदेश गए मात्र युवा भेट्न सकिन्छ । यसै परिवेशमा संगालेर तयार पारिएको यो लेख प्रस्तुत गरेको छु ।
दुई दिन अघि अमरिका बस्ने भान्जासँग सम्वाद हुँदा भान्जाले भन्नुभयो ‘मामा नेपालमा बस्दा शुक्रवार राती ११ बजे आउदा घरकाअभिभावकलाइ भन्दा समाजका सदस्यलाइ पिर । विहान उठेर घुम्न के निस्कियो । फलानाको छोरा राती ढिलो आएछ , रक्सी पिएर होकी ? ढिलो भएको भन्ने बाक्यहरु एकपटक होइन विहान दश पटक कानमा ठोकिन्थ्यो । त्यति मात्र हो र? शनिवार मोटरसाइकल लिएरहिड्यो, तीनै समाजका सदस्यलाइ शनिवार पनि तपाईंको छोरा हिंडे, के काम हुन्छ र? यस्तै यस्तै गन्थनमन्थन बारम्बर सुन्न पर्दथ्यो । तरमामा अमेरिका आएपछि आनन्द भाछ । यहाँ त कसैलाइ कसैको चासो हुँदैन सिस्टममा काम हुन्छ । म त मामा नेपाल फर्कन्न होला ।आफ्नो बारीको साग गाईले खाएको नदेख्ने तर अर्काको बारीमा गाईले साग खाएको देख्ने हाम्रो समाजको चरित्रप्रति बारम्बर दुखीभएको सुनाउनु भयो भान्जाले ।
त्यसैगरी एक हप्ता अघि अमेरिकामा बस्दै आउनु भएको अर्की दिदीसँगको सम्बादको पनि याद आयो । दिदीका पनि आफ्नै भावना ।नेपालमा त छोरी हुँदा पनि उस्तै बुहारी हुँदा पनि उस्तै । छोरी हुँदा क्याम्पस पढेर दुई घण्टा ढिलो आयो कि , फलनाकी छोरी साँझ ६ बजेआइछ । ए बुढी चार बजे छुट्टि हुने होइन र ? त्यसैगरी बुहारी हुँदा पनि यसो कहिले काहीँ बुढा बुढी घुम्न हिड्यो । समाजका सदस्यलेझ्यालको पर्दा खोलेर हेर्ने । हेर सासु ससुरा बारीमा झार उखेल्ने बुढाबुढी घुम्न जाने । पाइन्ट लगाएर हिडें पनि कुरै त्यस्तै त्यस्तै बाक्यसुन्न पर्दथ्यो । आज अमेरिका आएको दश वर्ष भयो हेर्नुहोस नेपालकै मलखादमा जसरी अमेरिकामा पनि घिरौंला, चिचिन्ना, लौका रफलफूल फलेको भिडियो देखाउँदै उहाँले पनि नेपाल फर्कने सम्भावना कम भएको भावना पस्कनु भयो । घरमा हुँदा ढलेको सिन्को पनिनउठाउने गेट वाहिर चर्का चर्का कुरा गरेर दिन विताउने व्यक्तिहरुले नै सामाजिक अगुवा भएर हिड्नुको साथै राजनीतिक आस्थाकाआधरमा जागिर खाने प्रवृत्तिले उच्च शिक्षा हासिल गरे पनि वेरोजगारीका कारण विदेसिन परेको छ । यसै विषयमा मैले फेसबुकमादशैको शुभकामनासँगै विदेशको कर्म कोरेको थिएँ । सो कर्म पढेर २० मिनेटमै २०७५ साल जेठ ३ गते डिभी परेर अमेरिका गएकासरोजकुमार श्रेष्ठले पनि अमेरिकामा कसैको टोकाइ खानु पर्दैन दाजु ।आफ्नो काममा इमान्दारीता भए हुन्छ भन्नुभयो । आँफुलाइ जागिर मन नपरे १५ दिन अगाडि चिठ्ठीपत्र लेखेपछि अर्को जगिर खाने व्यवस्था रहेको श्रेष्ठले भने । अझ दाजु यहाॅं त छोराछोरीभएकालाइ त विहान दिउँसो र वेलुकाको समय मिलाएर जागिर खान सकिने भएकोले दाजु बच्चा भए झन सजीलो हुने भन्नुभयो । दाजुजागिर खान कुनै पार्टिको टिकट पनि चाँहिदैन कसैलाइ ज्यु ज्यु पनि गर्न पर्दैन आफ्नो योग्यता भए सजिलै जागिर पाइने भएकोले स्वदेशको सिष्टमले गर्दा स्नातकोतर गरेपनि वदेशमा बस्न बाध्य भएको सरोजको ठम्माइ छ ।
यसै परिवेशमा केहि वर्षदेखि समाजलाइ नजिकवाट चित्रण गरिरहनु भएका वडा न १३ निवासी बिश्लेषक विश्व सिग्देल विदेश जानुलाईनराम्रो मान्दैनन् । तर विदेशमा युवाले आर्जन गरेको सिपलाइ राज्यले नेपालमा व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिन्छन् । विभिन्न देशमासिकेका सिप दक्षिण कोरीयाका युवाले आज आफ्नै देशमा प्रयोग गर्नाले विकाशको लहरा अग्रपंक्तिमा रहेको सिग्देलले उदाहरणदिनुभयो । कतारमा वर्ल्डकप खेल्न तयार पार्न लागिएको रंगशालामा नेपाली आवद्ध छन् । तिनै युवाको सिप नेपालमा हस्तान्तरणा गर्नसके युवालाइ पलायन हुनवाट केही प्रतिशत भने पनि रोक्न सकिने सिग्देलको दावी छ ।
आफु असल बनौं अरुलाइ खराव नभनौं भन्ने मुलमन्त्र अनुसार आफ्नो कार्य आफैले गर्ने अभ्यास गरौं । अरुको कुरा काट्न छोडी आफुलेखाएको थाल आफैले माझ्ने बानी बसाल्ने हो भने भान्छेलाइ कति सजिलो हुन्छ । घर टोल सफा राख्ने हो भने अमेरिकामा जस्तै घरवाहिरको फोहर सवैले घरभित्र ल्याइ प्लाष्टिक जन्य र मल बनाउन मिल्ने फोहरलाइ छुट्टाएर व्यवस्थित गर्ने सवैले बानी बसाल्नु पर्दछ ।त्यसैले आजवाटै हामी आफ्नो कार्य आँफै गर्ने समय मिलाएर समाज विकासको चिन्तनमा केही समय लाग्नु पर्ने देखिन्छ । समाज भित्रछिमेकी सवैभन्दा ठुलो मेरुदण्ड हो । एक अर्काको मेरुदण्ड वलियो बनाउन हरेक छिमेकीले एक अर्कामा परेको समस्यामा साथ दिनसक्नु पर्छ । अझै पनि केही विग्रेको छैन । समयमै यस्ता विषयमा सच्चिएनौं र सुधारिएनौं भने हाम्रा घरमा बृद्ध बाबा र आमा बाहेक अन्यसदस्य विदेशतिर घरजम गर्ने छन् । अहिलेवाट वेलैमा सचेत बनौं पछि टाउको समातेर नवसौं । त्यसैगरी आफ्नो आनन्दको लागि अरुकोपरिवारमा सलाई कोर्दै हिड्ने प्रति पनि सावधान । वस् सहन सक्नुपर्छ । किनकी अरुको परिवारमा सलै कोर्नेहरुको घरवरिपरी हजारकाँटी दिनानु दिन जन्मी रहेको पाइन्छ । त्यसैले काँटी जन्मनै दिनु हुँदैन । अहिले समाजमा यस्ता खालका घटनाहरु बढ्दो छ । समयमैख्याल नपुर्याउने हो भने समाज विसङ्गतिको बाटोतर्फ उन्मुख हुन बेरै लाग्दैन । अव पनि शिक्षाजस्तो महत्वपूर्ण कुरालाई बेवास्ताअभिभावकले गर्ने हो भने भोलिका दिनमा पछुताउनुको सिवाय केही हुँदैन । त्यसैले आफ्नो भूमिका र कर्तव्यप्रति उतरदायित्व हुनअभिभावकलाई पनि अनुरोध छ । अव तुरुन्त समाजका सदस्य सच्चिएर वैदेशिक रोजगारलाइ स्वदेस व्यवस्थापनमा सहयोग गरिसामाजिक विचलनको अध्याँरो पाटोलाइ तुरुन्तै हटाइ युवायुवतिहरुको योग्यता अनुसारको कदर गर्नु पर्दछ ।
अन्त्यमा अरुको चियो चर्चो गर्ने व्यत्तिलाइ दुर्गा भवानीले सदबुद्धि दिनुहोस् भन्दै नेपालीहरुको महान चाड बडा दशै २०७७ को पावन अवसरमा यहाँहरु सम्पुर्णको सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । (पत्रकार सिग्देल लेकसिटी कलेज पोखरामा जर्नालिज्म एण्ड मास कम्युनिकेसन प्राध्यापन गर्नुहुन्छ।)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक…







