नेपाली हिन्दुसमाजमा दशैं पर्वको विशेष महत्व रहँदै आएको पाइन्छ । असत्यमाथि सत्यको विजय रुपमा लिइने यस पर्व पारिवारिक जमघटदेखि सांस्कृतिक र धार्मिक रुपमा समेत महत्व रहेको छ । अहिले कोभिड –१९ महामारीले सामाजिक आर्थिकसँगै मानसिक रुपमा मात्र नभएर त्यसको असर धार्मिक सांस्कृतिक पर्वहरुमा पनि परेको छ । हाम्रा अधिकांस पर्वहरु जो भौतिक उपस्थितिको जमघटमा मनाइने खालका छन् । दशैं पनि त्यस्तै पर्व मध्येको एक हो । अहिले कोरोनाले गर्दा पर्वको महत्व र महिमालाई परम्पराग रुपमा मनाउन सक्ने अवस्था छैन । शक्ति पिठहरु बन्द गरिएको छ । यो समयमा सबैभन्दा पहिले आफु सुरक्षित हुनु र परिवारलाई सुरक्षित राख्नु हो । देवता खोज्न घर बाहिर जानु पर्दैन । देउता आफ्नो शरीरमा छ आफ्नै शरीरमा भएका चेतना स्वरुपलाई ऊर्जामय बनाउनुपर्दछ । आशक्तिलाई हटाएर शान्त र सौम्य रुपमा मनाउनुपर्छ । अहिलेको दशैंमा बाड्मय शताब्दी पुरुष सत्यमोशन जोशीले टाढैबाट आर्शिवाद लिनु भन्नुभएको छ । त्यसैगरी इतिहास एवम् संस्कृतिविद् ज्ञानमणि नेपालले पनि आफुकहाँ टिका लगाउन नआउन आग्रह गर्नु भएको छ । त्यसैले अहिले हाम्रो पर्व हो ,संस्कार हो जसरी पनि मान्नुपर्छ भन्ने हठ् त्यागेर म पनि कोरोनाबाट जोगिन्छु, परिवारलाई जोगाउँछु भनेर जिम्मेवार हुनुपर्छ । यो साल बाँचियो भने आगामी वर्षहरुमा हर्षोल्लास साथ हामीले थुप्रै पर्व मनाउन पाउनेछौं । त्यसैले आफु बाँचौं अरुलाई बचाऔँ, प्रविधिको प्रयोगबाट एकअर्काबीच जोडिएर भर्चुअल माध्यमबाट आर्शिवाद ग्रहण गरौं ।(डा.गुरुड. नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति तथा इतिहास/संस्कृतिबिद् हुनुहुन्छ ।-सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका…






