कोभिड १९ : दशै कसरी मनाउने ?


     जीबनकुमार श्रेष्ठ, प्रहरी प्रमुख(जि.प्र.का.कास्की)    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




नेपाल सरकारले प्रहरीलाई विशेष जिम्मेवारी सुम्पेको छ । नागरिकसँग प्रत्यक्ष जोडिएर समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गराउनु प्रहरीको पहिलो जिम्मेवारी हो । ‘सत्य सेवा सुरक्षणम्’ मुलमर्मलाई आत्मसात् गरेका प्रहरीका लागि चाडपर्व भन्दा बढी महत्व नागरिकको सुरक्षा हुने गर्दछ । अहिले झन् दोहोरो जिम्मेवारी रहेको छ । एकातिर शान्ति सुरक्षाको प्रत्याभूत गराउने दायित्व छ भने अर्को तर्फ आफुपनि जोगिने र अरुलाई पनि कोभिड–१९ को महामारीबाट जोगाउने जिम्मेवारी छ । चाडवाडको समयमा जुवातास खेल्ने, मदिराको प्रयोग बढी हुने गर्दा अपराधजन्य गतिविधि बढ्छ । यस्तो अवस्थामा आम नागरिकलाई सुरक्षित रुपमा दशैं मान्ने वातावरणमा हामी बढी खटिनुपर्छ ।

चाडपर्वको समयमा हामीले प्रहरी ब्यारेकलाई नै सिंगो घर मान्छौ । टिका जमरा लगाएर एकअर्काबीच खुशी साटासाट गछौ । व्यक्तिगत खुशी भन्दा सामुहिक खुशीमा रमाउँछौ । जिल्ला प्रहरी कार्यालय कास्की र यस मातहतमा गरेर अहिले करीब १ हजार प्रहरी रहेका छन् । यो दशैमा कोहि कसैलाई घर जान विदा छैन सबैले सुरक्षित भएर शान्ति सुरक्षामा खटिरहेका छन् । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा २५ वर्ष लामो प्रहरी सेवामा मुश्किलले ५/७ पल्ट आमाबुबाको हातको टिका लगाउने अवसर मिल्यो होला तर कहिल्यै चाडवाडमा घर जान पाइएन भनेर मन दुखी भएन । हामीले जुन जिम्मेवारी लिएका छौं,त्यो जिम्मेवारी नै प्राथमिकतामा हुने भएकाले अरु सोच्ने अवस्था हुँदैन । अहिलेको कोरोना कहर बीच भएकाले आम नागरिकले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर सामाजिक दुरी कायम गरेर पर्व मनाउन आग्रह गर्दछु । ( नेपाल प्रहरीका प्रहरी उपरिक्षक श्रेष्ठ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख हुनुहुन्छ ।-सम्पादक )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।