आफ्नै कार्यकर्ताले भने, ‘ओलीमाथि पार्टीले कार्वाही गर्न सक्नुपर्छ’


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ताले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कार्वाही गर्नुपर्ने बताएका छन् । नेकपा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य जनकराज पराजुलीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटले राष्ट्रियता र स्वाधिनतामाथि नाङ्गो हस्तक्षेप भएकाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीले कार्वाही गर्न सक्नुपर्ने बताएका हुन् ।

https://m.facebook.com/story.php?story_fbid=3869736896369895&id=100000008677687

प्रधानमन्त्रीले गम्भीर गल्ती गर्नु भएको छ,‘उनले फेसवुक स्टाटसमा अगाडि लेखेका छन्,‘उहाँले गरेका गल्तीप्रति नेपाली जनता र पार्टी कमिटीमा आफ्नो कमजोरी स्वीकार गर्नुपर्छ, होईन भने पार्टीले उहाँलाई कार्वाही गर्न सक्नुपर्छ ।’ उनले ‘रअ’ प्रमुखसँगको भेटलाई सामान्य मान्न नसकिने बताएका छन् ।

पराजुलीले पार्टी एकीकरणपछि केहि लोभीपापीहरुले ओलीबिरुद्ध आवाज बुलन्द गर्न नसकेको आरोप लगाएका छन् । अरु त अरु हिजो जनयुद्ध लडेर आएकाहरुलेसमेत भोलि केहि पाईहालिन्छ कि भन्ने आश गरेर बस्दा आवाज कमजोर भएको छ,‘एभरेस्ट आवाजसँगको संक्षिप्त कुराकानीमा उनले भने‘तर आफूलाई त लोभ छैन, देश र जनताको हित र भलोका लागि बोलिरहन्छु ।’ उनले जोकोहिलेपनि गलतलाई गलत र सहिलाई सहि भन्न सक्नुपर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।