पूर्व सभामुख महरालाई पत्नीशोक


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । पूर्व सभामुख महराकी पत्नी सीता महराको आज विहान निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको महरा परिवारले जनाएको छ । माईस्थेनिया नामक रोगबाट ग्रसित उनलाई केहि दिनअघी कोरोना पोजिटिभ देखिएको थियो । कोरोना भएसँगै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई कात्तिक १४ गते काठमाडौं लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

स्वर्गिय महराका २ छोराहरु एटम र राहुल तथा २ छोरीहरु उन्नती, प्रगति रहेका छन् ।

स्वर्गिय महराका २ छोराहरु एटम र राहुल तथा २ छोरीहरु उन्नती, प्रगति रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।