नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाएको छ।
काँग्रेसले हिँजो (मंगलबार)देखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने छ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो।
बैठकले आज (बुधबार) केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ।
स्व. केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य बनेका थिए।
सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको गत सोमबार राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा…





