गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ । मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए ।
मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए ।
मन्त्री मगर अहिले निवासमै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव खनालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।