अमेरिकामा हिमआँधी आयो, अहिलेसम्म २० जनाको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




अमेरिकामा शक्तिशाली हिमआँधी आउँदा अहिलेसम्म २० जनाको ज्यान गएको छ।

टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ।

विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्पप्रायः भएको छ। स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको छ। लाखौं मानिसहरू सञ्चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा लाग्न सकेको छैन।

अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको बताइएको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।