राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्दत – कास्की काँग्रेस


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ ।

जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ ।

दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएकोमा भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आव्हान गरिएको छ ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले नेपाली काग्रेस क्षेत्र नं २(ख) कास्कीका अगुवा नेता तथा कार्यकर्तासँग आइतबार गरेको जुम बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।