सांकेतिक तस्बीर
गण्डकी प्रदेश लगायत देशका केही स्थानमा आज (सोमबार) दिउँसो हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। बाँकी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
महाशाखाका अनुसार हाल प्रदेश नं १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले देशका केही स्थानमा सामान्य वर्षा भइरहेको छ।
अहिले देशमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






