तस्बीर : गुगलबाट
यस वर्ष जेठको मसान्तमै नेपालमा मनसुन भित्रिने संभावना मौसमविदहरुको अनुमान छ ।
प्रि–मनसुनको समयमा पनि हल्का वर्षा भइरहेकाले यस वर्ष समयमै नेपालमा मनसुन भित्रिने मौसमविदहरुले जनाएका छन्।
सामान्यतयाः जुन १० तारिख अर्थात जेठ अन्तिम हप्ता नेपालमा मनसुन भित्रिने गर्छ। कहिलेकाँही मनसुनी वायु आउन ढिलाई हुँदा ढिलो मनसुन भित्रिने गर्छ। तर, यस वर्ष भने प्रि–मनसुनमै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले समयमै मनसुन भित्रिने मौसमविदहरुले अनुमान लगाएका छन्।
जुन दोस्रो हप्ता मनसुन भित्रिने समय असारमा पनि पर्छ। समयमै मनसुन भित्रिदा धान रोप्ने किसानलाई फाइदा हुने गर्छ। मनसुन भित्रन ढिलाई हुँदा रोपाई समयमै गर्न नसकेर किसान मारमा पर्ने गरेका छन्। धेरैजसो ठाउँमा अहिले पनि आकाशे पानीको भरमा रोपाई हुने गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






