गण्डकी प्रदेशमा आज पनि हल्का वर्षाको संभावना


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

न्यून चापीय क्षेत्रको प्रभावका कारणले गण्डकी प्रदेशमा आज (मंगलबार) पनि हल्का वर्षाको संभावना छ।

गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका धेरै जसो क्षेत्रमा मौसम बदली हुने र हल्का वर्षा समेत हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार यि क्षेत्रको केही स्थानहरुमा अहिले पनि हल्का वर्षा भइरहेको छ। पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हल्का वर्षाको संभावना रहेको विभागले जनाएको हो।

पश्चिमी वायुका साथै स्थानीय वायु र भारतको विहार आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले ठूलो वर्षाको संभावना नरहेको विभागले जनाएको छ।

देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशभर केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। बुधबार र बिहीबार पनि देशका धेरैजसो ठाउँको मौसम बदली हुनुका साथै हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।