गण्डकी प्रदेशको मौसम आज कस्तो छ ?


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




आज २०७९ असार १४ गते, मंगलबार।

हाल, देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनी वायुका कारण हाल देशभर सामान्य बदली रहेको छ। गण्डकी प्रदेश लगायत बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का १/२ स्थानमा भारी वर्षाको संभावना छ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश सहित प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा १/२ स्थानमा धेरै भारी वर्षाको संभावना छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।