पोखरामा वर्षा, दिउँसो भारी वर्षाको संभावना


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित




पोखरामा अहिले वर्षा भइरहेको छ। विहान ४ बजेदेखि भारी वर्षा भएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना छ।

गण्डकी प्रदेश लगायत बागमती, लुम्बिनी, सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ।

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षासम्म हुने संभावना रहेकाले पहाडी क्षेत्र र नदी नाला तथा खहरे खोलाहरुमा पानीको सतह बड्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

गण्डकी प्रदेश लगायत मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा संभावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको विभागले जनाएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु विभागले आग्रह गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।