पोखरा लगायतका क्षेत्रमा लगातार भारी वर्षा भएको छ ।
हिँजो (आइतबार) साँझदेखि आज (सोमबार) सम्म पोखरा आसपासका क्षेत्रमा भारी वर्षा भइरहेछ ।
एक घण्टाको रेकर्डमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ। उक्त क्षेत्रमा २.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ।
३ घण्टाअघिको वर्षा मापनमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ । त्यहाँ ५०.४ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। गत २४ घण्टामा लामापाटनमा सबैभन्दा बढी २९८.२ मिलिलिटर पानी परेको छ ।
कास्कीको लुम्ले क्षेत्रमा बढी पानी परेको छ। एक घण्टाअघि लुम्लेमा १.३ मिलिलिटर पानी परेको छ। ३ घण्टाअघिको वर्षा मापनमा त्यहाँ १८ मिलिलिटर पानी परेको छ ।
गण्डकी प्रदेशकै नवलपुर बर्दघाट क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ । एक घण्टामा बर्दघाटमा ७ मिलिलिटर पानी परेको जनाइएको छ ।
गत २४ घण्टाको मापनअनुसार गण्डकी प्रदेशको म्याग्दीको दरबाङ, गोरखाको बारपाक र नवलपुरको बर्दघाट क्षेत्रमा सबै भन्दा बढी पानी परेको छ ।
आज दिउँसो र राती गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
हाल, केही दिन यता देशभर पुनः मनसुन सक्रिय रहेकोले वर्षा हुने क्रम जारी छ ।
मनसुन पूर्वी क्षेत्रमा बढी सक्रिय भएको छ। पूर्वी क्षेत्रको तरहरामा सबै भन्दा बढी वर्षा भएको छ । गत एक घण्टाअघि त्यहाँ १३.८ मिलिलिटर पानी परेको छ। त्यसपछि मेलम्चीमा बढी वर्षा भएको छ। मेलम्चीमा ११.२ मिलिलिटर वर्षा मापन गरिएको छ ।
हाल, देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै र बाँकी भू–भागका १/२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको र प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा महाशाखाको अनुरोध छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






