गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल, गण्डकी प्रदेशको नवलपुरको देउराली र डण्डामा वर्षा भइरहेको छ । वर्षा मापन महाशाखाका अनुसार गत एक घण्टादेखि यता देउरालीमा १.८ र डण्डामा १.४ मिलिलिटर वर्षा भएको मापन गरिएको छ ।
नवलपुरको बर्दघाटमा तीन घण्टाको वर्षा मापन ५.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ । त्यसपछि, नवलपुरकै देउरालीमा ४.८ मिलिलिटर वर्षा मापन गरिएको छ । प्रदेशको म्याग्दीको घोरेपानीमा पनि ४.८ मिलिलिटर वर्षा भएको मापन गरिएको छ ।
गत ६ घण्टाको रेकर्डमा गण्डकी प्रदेशको स्याङ्जा कार्कीनेटामा सबैभन्दा बढी वर्षा भएको छ । त्यहाँ ४५ दशमलव ६ मिलि लिटर वर्षा मापन गरिएको छ । त्यसपछि घलेखर्कमा ३७.२ मिलिलिटर वर्षा मापन गरिएको छ ।
गण्डकी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभाको भनाइ छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैबीच, गएराति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । देशभर आज बिहान सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ । केही स्थानमा गएराति भएको भारी वर्षाका कारण बाढी आएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ ।
दोलखामा पनि गएराति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । लुंगरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ । नदीमा जलस्तरले सतर्कता तह पार गरेको बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागको आग्रह छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






