हाल, पोखरामा मध्यम खालको वर्षा भइरहेको छ ।
पोखरामा रातीदेखि हल्का वर्षा भएपनि हाल यहाँ मध्यमखालको वर्षा भइरहेछ ।
मनसुन सक्रिय रहेका कारण पोखरा लगायत देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।
गत एक घण्टामा गण्डकी प्रदेशको घलेखर्क, माछापुच्छ«े बेस क्याम्प, लमजुङको कुन्छा र राइनासटार, गोरखाको आरुघाट र बारपाक, घारेढुंगा, म्याग्दीको मुना, लगायतको स्थानमा वर्षा भइरहेछ । एक घण्टाको वर्षा मापन रेकर्डअनुसार सबैभन्दा बढी घलेखर्कमा १३.४ मिलिलिटर पानी परेको छ ।
महाशाखाका अनुसार आज गण्डकी प्रदेश र बागमती प्रदेशमा मौसम आंशिक सामान्य बदली भएको छ । यि दुई प्रदेश केही स्थानमा रातीदेखि मध्यमदेखि भारी वर्षा भएको विभागले जनाएको छ ।
आज दिउँसो गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा संभावना रहेको विभागले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ । प्रदेश १, मधेस र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेकोले गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






