आजको मौसम : गण्डकी प्रदेशमा सामान्य बदली


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




देशभर बुधवार दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ ।

गण्डकी प्रदेशमा आज (बुधबार) केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । दिउँसो गण्डकीसहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशमा आज (बुधवार) राति मौसम सामान्य बदली रहने मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज सामान्य बदली रहनेछ ।
बाँकी भू–भागमा भने आंशिकदेखि सामान्य बदली रहने विभागले उल्लेख गरेको छ ।

गण्डकी सहित बागमती प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले उल्लेख गरेको छ ।

हाल, मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।