पोखरा । नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्च कास्कीले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा तीज विशेष तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ ।
कला, संस्कृति, रितिरिवाजको संरक्षण गर्दै धादिङबाट पोखरा आई बसोबास गर्ने महिला दिदीबहिनी तथा दाजुभाईहरुबीच आत्मियता साटासाट गर्दै तीज मनाउन यहि भदौ ४ गते कार्यक्रम गर्न लागेको नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्च कास्कीका अध्यक्ष इश्वर कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम पोखरा–१८ सेदीस्थित वाई.यु.के. सुपरमार्केटमा हुने उनले बताए ।
कार्यक्रम वागमती प्रदेशका अर्थमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ, पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा माओवादी नेतृ कल्पना धमलालगायतको सहभागिता रहने उनले बताए ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सांकृतक उपसमिति संयोजक युवराज खतिवडाले जानकारी दिए । उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी भईरहँदा धादिङ घर भई काठमाडौं र पोखरामा बस्ने मतदाताहरु निर्णायक भएकाले यसलाई चुनावको तयारीका रुपमासमेत लिन सकिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ११ पोखरामा यहि भदौ २० गते शनिबार तायाःमचा नृत्य…





