पोखरा बहुमुखी क्याम्पसमा कविता वाचन र निबन्ध लेखन


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




पोखरा बहुमुखी क्याम्पसको ४०औँ वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यले विद्यालय परिसरमा कविता वाचन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रम संयोजक प्राध्यापक ध्रुव केसीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापकहरू अनुपमणि अधिकारी, विदुर पराजुली र जुना थापा रहेका थिए। कार्यक्रमको सञ्चालन वाणिज्य संकाय विभागीय प्रमुख तथा प्राध्यापक दिपकप्रसाद घिमिरेले गरेका थिए।कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले वार्षिकोत्सवको अवसरमा गरिने सम्पूर्ण गतिविधि तथा कार्यहरूलाई उत्कृष्ट बनाउन सबैलाई आग्रह गरिन्।

सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले विद्यार्थीहरूलाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा सिकाउने उद्देश्यका साथ क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए। प्राध्यापक अनुपमणि अधिकारीले विद्यार्थीका रचना उच्चस्तरीय रहेको र लेखनलाई निरन्तरता दिँदै आफ्नो क्षमतालाई निर्खार्दै जान आग्रह गरे । वार्षिकोत्सवको सन्दर्भमा क्याम्पसले सरसफाइ, आँखा स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ।

विजेता विद्यार्थीलाई मङ्सिर १४ गते वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने क्याम्पसले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।