सुनको मूल्यमा नयाँ रेकर्ड , एकैदिन ३ हजार रुपैयाँ बढ्यो


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

यसैगरि , शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।