पोखरा । जलवायु परिवर्तनका कारण उत्पन्न असर, प्राकृतिक र मानवीय जीवनमा देखिएको असन्तुलन तथा बढ्दो प्राकृतिक विपदबारे समुदायलाई सचेत गराउने उद्देश्यले पोखरा बहुमुखी क्याम्पसले सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम भोलि (माघ २३ गते) शुक्रबार बिहान १०:३० बजे पोखरा बहुमुखी क्याम्पसको शान्ती बनमा सञ्चालन हुने क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो । पराजुलीले जलवायु परिवर्तन न्यूनीकरणका उपायबारे जानकारी आदान–प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हुनाले सम्बन्धित सबै सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।…






