सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीसमेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।तेस्रो दिन सहयोग गर्नेमा राजेशकुमार–गंगा कार्कीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुँवरबाट जनही ५५ हजार ५ सय ५५ रुपैयाँ, सुमित्रा देवी खत्रीबाट ५१ हजार ५ सय ५५ रुपैयाँ, विश्वराज कोइराला भगवानबाट ५१ हजार १ सय ५१ रुपैयाँ तथा दोणबन्धु भुत्र्याल–गीता भुत्र्यालबाट ५१ हजार १ सय १७ रुपैयाँ रहेका छन्।

यस्तै रामेश्वर ढुंगानाबाट ३० हजार ५ सय ३५ रुपैयाँ, गोविन्द–सुमित्रा केसी, नमूना आदर्श आमा समूह र झलकनाथ–नानुमाया आचार्यबाट जनही २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको छ। शिवप्रसाद–पवित्रा वाग्ले र डा। गोविन्दराज–बालकुमारी पाण्डेबाट जनही २५ हजार ५ सय २५ रुपैयाँ तथा इन्द्रप्रसाद पराजुलीबाट २५ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।यसअघि मन्दिर संरक्षक परिवारका सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीसहित श्रीराम, शम्भु, पुरुषोत्तम र विश्वनाथ पराजुलीबाट १० लाख ६ हजार रुपैयाँ तथा कार्यसमिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।महायज्ञको तेस्रो दिन प्राडा भोजराज न्यौपाने प्रमुख अतिथि र प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका थिए।भदौ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।