एमाले पोखरा ५ ले बाढीपीडितका लागि जुटायो १ लाख १ हजार


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८३ मा प्रकाशित




नेकपा एमाले वडा कमिटी, पोखरा ५ ले भोटेकोशी बाढी पिडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

कमिटीले तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकमसमेत विपद् राहतमा जोडेर शनिबार एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । वडा कमिटीले वार्षिक क्यालेन्डरमा समावेश गरेको तीज विशेष कार्यक्रमसमेत स्थगित गरी त्यसका लागि संकलित रकमलाई विपद् राहत कोषमा थप गरेको कमिटीका अध्यक्ष लक्ष्मण बरालले बताए । राष्ट्रिय विपद्का कारण नागरिक शोक र पीडामा रहेका बेला नियमित सांगठनिक कामबाहेक अन्य कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष बरालले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटी सदस्य धनबहादुर नेपाली, कास्की जिल्ला कमिटी अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, अखिल नेपाल महिला संघ गण्डकी प्रदेशकी कोषाध्यक्ष कृष्णकुमारी गुरुङ, वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बराल तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

अध्यक्ष बरालका अनुसार विपद्का कारण वडा कमिटीका उपसचिव माधव बास्तोलाकी छोरी श्रृष्टि बास्तोला हालसम्म बेपत्ता रहेको तथा संगठित सदस्य टेकराज तिमिल्सिनाका ज्वाइँ अभिषेक आचार्यको परिवारसमेत विपद्को पीडामा रहेका छन् । उनीहरु अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।