पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक युवकको सकुशल उद्धार भएको छ ।
उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नंं २४ गण हेड क्वाटर, कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक राम प्रसाद शर्माको कमाण्डमा रहेको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको थियो।
खोजतलासका क्रममा दिउँसो तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेका थिए। उद्धार लगत्तै उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरी नंं २४ गण हे.क्वा. कालिकाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७…








