जलवाष्पयुक्त हावा भित्रँदै : मनसुन कमजोर भए पनि वर्षा जारी


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०८२ मा प्रकाशित




मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा रहेको छ । यद्यपि, बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको क्रम भने जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा मापन गरिएको छ ।

विभागले सोमबार पनि देशभर मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू(भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुन कमजोर रहे पनि वर्षाको सम्भावना कायमै रहेकाले यात्रा गर्दा र कृषि कार्य गर्दा मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन विभागले सबैलाई अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।