सांगीतिक क्षेत्रमा ममता गुरुङ नामले परिचित गायिका हिमकला गुरुङको नयाँ गुरुङ गीत ‘छ्याँबा सैँ’ (सुन्दर मन) सार्वजनिक भएको छ ।
माया र प्रीतिका मीठा भावनाहरुले बुनिएको यो गीतको भिडियोलाई मादी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ याङ्जाकोट र आसपासका रमणीय प्राकृतिक दृश्यहरुमा आकर्षक ढंगले कैद गरिएको छ । कमलबहादुर गुरुङको शब्द, संगीत र निर्देशनमा तयार भएको यस गीतमा गायिका हिमकलालाई स्वरमा गायक राजबहादुर गुरुङले साथ दिएका छन् । भिडियोमा निर्देशक स्वयम् कमलबहादुर गुरुङ र पवित्रा गुरुङको प्रमुख नृत्य अभिनय देख्न सकिन्छ, जसलाई मौसम गुरुङले कोरियोग्राफीमा सघाएका छन् ।‘छ्याँबा सैँ’ को भिडियोलाई सन्देश गुरुङले छायांकन गरेका छन् । कविर गुरुङले सम्पादन गरेका छन् ।
एलबी पुनले गीतको एरेन्ज गरेका हुन् । म्युजिक भिडियो केही दिनअघि यजम्रों इन्टरटेन्टमेण्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।स्याङ्जाको वालिङ नगरपालिका–४ घर भई विगत ५ वर्षदेखि पोखरालाई कर्मथलो बनाएकी हिमकला गुरुङका लागि यो गीत अर्को एउटा महत्वपूर्ण कोसेढुंगा हो । संगीतमा अथक संघर्ष गरिरहेकी हिमकलाले यसअघि नै दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज पस्किसकेकी छन् ।
उनी पोखरा र काठमाडौंका सांगीतिक मञ्चहरुमा मात्र सीमित नरही हङकङसम्म पुगेर नेपाली डायस्पोरामा समेत आफ्नो परिचय दिएकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे…






