ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८ हजार ६ सय बढी युनिट रगत संकलन भएको छ ।
विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औं स्मृति तथा विश्व बन्धुत्व दिवसको पावन भदौं ५ देखि ९ गतेसम्म देशका बिभिन्न स्थानमा गरिएको कार्यक्रमबाट ८ हजार ६९४ युनिट रगत संकलन भएको निर्देशक राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीले जानकारी दिईन् । अभियानको शुभारम्भ पोखराबाट कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी गुरुङले यस अभियानले रक्तदानलाई जीवन बचाउने महान सेवाको रुपमा चरितार्थ गरेको बताए । केन्द्र नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी,महासचिव ब्रह्माकुमार शैलेषराज बराललगायतले दादी प्रकाशमणिज्यूको पुण्य स्मृतिलाई मानव सेवासँग जोड्दै अभियान संचालन गरिएको बताए ।
भदौ ५ गते १ हजार ४१५ , भदौ ६ गते ३ हजार ११८ , भदौ ७ गते १ हजार ८६६ , भदौ ८ गते ८ सय ७१ र भदौ ९ गते १ हजार ४३६ युनिट रक्त संकलन भएको थियो ।मानव सेवा तथा विश्व बन्धुत्वको भावनालाई व्यवहारमा चरितार्थ गर्ने उद्देश्यले आयोजित अभियानमा रक्तदाताहरू, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, युवा तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका…





