भोटेकोशी बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८३ मा प्रकाशित




रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ ।

प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना रहेका छन् । त्यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन् ।यसैगरी मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।