पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले देशभर छरिएर रहेका पौडेल समुदायबिच एकता र आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उनले महासंघको सक्रियतामा देशभरका प्रदेश, जिल्ला र पालिकामा संगठन विस्तार भएको र यसले वंशावली निर्माणका लागि समिति नै गठन गरी काम अगाडी बढाएको स्पष्ट पारे । पौडेल वंशावली लेखन समितिका संयोजक प्रा.डा कृष्ण प्रसाद पौडेलले यस समुदायको ऐतिहासिक पहिचान रहेको बताउँदै, वंशावली निर्माणको कामलाई तिब्रता दिएको पनि बताए ।महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रामजी पौडेलले गण्डकी प्रदेशका सबै जिल्ला र स्थानीय तहमा संगठन बिस्तार भएको जानकारी दिदैं, आफ्नो पहिचानका लागि पनि सबै बन्धु संगठित हुन आवश्यक रहेको बताए । कास्की अध्यक्ष विश्वनाथ पौडेलले पौडेलहरुको उत्पत्तिको चर्चा गर्दै, ईतिहासका बारेमा सबै जानकार हुनु पर्नेमा जोड दिए ।
महानगर समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का जनप्रतिनिधी बिस्नु प्रसाद पौडेल, पुजा समितिका संयोजक चर्तुभुज पौडेल, प्रदेश समितिका उपाध्यक्ष अमृत कुमार पौडेल, जिल्ला उपाध्यक्ष गोपाल प्रसाद पौडेल, सचिव दीपकराज पौडेल, अन्नपुर्ण गाउँपालिका समितिका अध्यक्ष विश्वनाथ पौडेल, रुपा गाउँपालिकाका चन्द्रमणि पौडेल, माछापुच्छ्रेका नारायण प्रसाद पौडेललगायतले महासंघले खेलेको भुमिकाको चर्चा गरेका थिए । उनीहरुले समितिलाई थप क्रियाशील भई भावी योजना र कार्यनिति तय गर्न आग्रह गरे । सो अवसरमा महासंघको पोखरा समितिले वंशावलीको विषयमा तयार पारेको डायरी संग्रह पनि सार्वजनिक गरेको छ । त्यहाँ पौडेलहरुको उत्पत्ति, संक्षिप्त इतिहास, पुजाविधिलगायत समितिले गरेका महत्वपुर्ण कामहरु समावेश गरिएको सहसचिव किरण पौडेलले जानकारी दिए ।
सभाले कोषाध्यक्ष शिवप्रसाद पौडेलले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ । उपाध्यक्ष मीनाकुमारी पौडेलको स्वागत र सचिव हरि प्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।पौडेल बन्धुहरूको एकता, सामाजिक सद्भाव र सांस्कृतिक जगेर्नाका लागि महासंघमा आवद्ध बिभिन्न संस्थागत संरचनाहरू क्रियाशील छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १०…





