पोखराका समाजसेवी विष्णु प्रसाद बरालले आफ्नी छोरीको स्मृतिमा हेम्जास्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
पोखरा महानगरपालिका–७, मासबार निवासी बरालले छोरी डा. निरुलता बरालको १३औँ दिनको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम, हेम्जा शाखामा ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । छोरीको स्मृतिमा आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूका लागि बिहानको विशेष भोजन सेवा सञ्चालन गर्न उक्त रकम सहयोग गरेको बरालले बताए । दिवंगत छोरीको पुण्यस्मृतिलाई मानवसेवासँग जोड्दै गरिएको यस सहयोगले त्यहाँ आश्रित व्यक्तिहरूलाई भोजन सेवा उपलब्ध गराउन मद्दत पुग्नेछ।
पुण्यतिथिको अवसरमा गरिने यस्ता मानवीय कार्यले समाजमा सेवाभाव, करुणा र परोपकारको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। स्वर्गीय डा. बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहयोगदाता बराल तथा उनको परिवारप्रति आश्रमले कृतज्ञता व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक…







