डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको चेतावनी


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"border":1,"transform":2,"square_fit":1},"edited_since_last_sticker_save":true,"containsFTESticker":false,"is_sticker":false}

जेनजी मुभमेन्ट नेपालले मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डोलप्रसाद अर्याल र इनम सापकोटा मोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई राजनीतिक संरक्षण नदिन चेतावनी दिएको छ।

मुभमेन्टले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवै प्रकरणमा राजनीतिक दबाब र प्रभावबिना निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो। मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली गरी करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको भनिएको प्रकरणमा विभिन्न व्यक्तिमाथि अनुसन्धान भइरहेका बेला तत्कालीन श्रममन्त्री डीपी अर्यालको कार्यकालमा समेत करिब ७ करोड २९ लाख रुपैयाँ मलेसिया पठाइएको सार्वजनिक विवरणमाथि अनुसन्धान हुनुपर्ने मुभमेन्टको माग छ।

एउटै प्रकृतिको प्रकरणमा अन्य मन्त्री तथा अधिकारीमाथि अनुसन्धान हुने तर अर्यालको कार्यकालका निर्णय र आर्थिक कारोबारमाथि अनुसन्धान नहुने हो भने प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टले जनाएको छ।त्यस्तै, इनम सापकोटाको प्रहरी नियन्त्रणमा रहेको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्री कार्यालय हुँदै कुमार बेनको निवाससम्म पुगेको, मोबाइलमा डिजिटल गतिविधि भएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटाइएको भन्ने सार्वजनिक विवरणमाथि गम्भीर अनुसन्धान गर्न माग गरिएको छ।यस प्रकरणमा कुमार बेनसहित सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धानको माग गर्दै काठमाडौं प्रहरी परिसरमा विधिवत् जाहेरी दर्ता गराइसकेको भए पनि अहिलेसम्म अनुसन्धानको प्रगति र कारबाहीबारे स्पष्ट जानकारी प्राप्त नभएको मुभमेन्टको भनाइ छ।

ध्यानाकर्षणपत्रमा नेपाल प्रहरी सरकार वा कुनै राजनीतिक दलको निजी संगठन नभई संविधान र कानुनअनुसार काम गर्ने व्यावसायिक तथा निष्पक्ष सुरक्षा निकाय हुनुपर्ने उल्लेख गरिएको छ।मुभमेन्टले अर्यालको श्रममन्त्री कार्यकालका निर्णय, पत्राचार, भुक्तानी तथा रकम विदेश पठाइएको प्रक्रियाको अनुसन्धान गर्न, कुमार बेनविरुद्ध दर्ता जाहेरीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन र इनम सापकोटाको मोबाइलको फरेन्सिक परीक्षण गरी डिजिटल प्रमाण सुरक्षित गर्न माग गरेको छ।

त्यसैगरी, दुवै प्रकरणमा अनुसन्धानको अवस्था र आगामी कारबाहीबारे सार्वजनिक जवाफदेहिता कायम गर्न प्रहरी महानिरीक्षकसँग माग गरिएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।