पोखरा । पोखरामा प्रदेश स्तरीय सांस्कृतिक भेला कार्यक्रम गरिने भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ समन्वय समिति गण्डकी प्रदेशले उक्त भेला गर्ने भएको हो । आगामी मंसिर १७ र १८ गते सो कार्यक्रम गरिने शनिबार बसेको समितिको बैठकले निर्णय गरेको छ ।
कार्यक्रमको पहिलो दिन ¥याली झाँकी सहित समुद्घाटन गरिने र दोस्रो दिन वृहत अन्तरक्रिया सहित समापन गरिने नेपाल सांस्कृतिक संघ समन्वय समिति गण्डकी प्रदेशका सह—संयोजक कृष्ण कुमार गुरुङले जानकारी गराए ।
यसअघि नै संयोजकमा कुमार राना, सह—संयोजकमा कृष्ण कुमार गुरुङ, सचिवमा चोलेन्द्र पौडेल, कोषाध्यक्षमा सिता केसी, सदस्यहरुमा शुभराम भारी, हरी सुवेदी, विन खाती, डाल्डादेवी भुजेल, रिया गुरुङ हुने गरी मुलकार्यसमिति गठन गरिएको थियो ।
शनिबारको बैठकले मुल कार्यसमितिमा स्याङजाबाट घनश्याम रिजाल, पर्वतबाट रामचन्द्र पौडेली(आरसी),तनहुँबाट गल गुरुङ(दिपु), नवलपुरबाट प्रेम बहादुर कुमाल, मुस्ताङबाट सुभल कुमार हिराचन, गोरखाबाट होम गुरुङ, स्याङजाबाट सुनिता नेपाली, बागलुङबाट ज्योती लोहनी , लमजुङबाट राजु गुरुङ र लमजुङबाट रोशन कुताल क्षेत्रीलाई मनोनित गरेको सचिव चोलेन्द्र पौडलले बताए ।
बैठकले कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । प्रचारप्रसार उपसमिति संयोजक सन्तोष बस्याल रहेका छन् भने सह—संयोजकमा सन्तोष सुवेदीलाई जिम्मेबारी दिइएको छ । सांस्कृतिक उप—समितिको संयोजक घनश्याम रिजाल रहने गरी सह—संयोजक राजन कार्की, सदस्यहरुमा रामजी पौडेल र रिया गुरुङलाई जिम्मेबारी प्रदान गरिएको छ । अतिथि सत्कार उप—समितिको संयोजकमा ज्योती लोहनी र सह—संयोजकमा सुनिता नेपाली रहेकी छिन् । स्टेज व्यवस्थापन उप—समितिको संयोजकमा हर्क आले मगर र सह—संयोजकमा सोम गुरुङलाई बैठकले जिम्मेबारी दिएको छ ।
यातायात व्यवस्थापन उप—समितिको संयोजकको जिम्मेबारी रामचन्द्र पौडेल (आरसी) पाएका छन् भने सह—संयोजकको जिम्मेबारी प्रेम बस्याललाई सुम्पिएको छ । खाजा, खाना, बास व्यवस्थापन उप—समितिको संयोजकमा अरुण गुरुङ रहेका छन् भने सह—संयोजकमा तारा गुरुङ छिन् । साउण्ड सिस्टम व्यवस्थापन उप—समितिमा संयोजक नारायण दानीलाई जिम्मेबारी दिइएको छ भने सह—संयोजकमा प्रदीप त्रिपाठी रहेका छन् ।
स्वयं सेवक व्यवस्थापन उप—समितिमा संयोजक होम गुरुङ रहेका छन् भने सह—संयोजकमा सुनील बानीयाँ छन् । महिला कलाकार समन्वय व्यवस्थापन उप—समितिको संयोजकमा सरस्वती लामीछाने, सह—संयोजकमा सरस्वती परीयार र सदस्यमा शान्ती डोटेलले जिम्मेबारी पाएका छन् । आमा समुह व्यवस्थापन उप—समितिको संयोजकमा जुना क्षेत्री र सह—संयोजकमा रिता कुँवर रहेकी छिन् ।
बैठकले आर्थीक व्यवस्थापन उप—समितिको संयोजकको जिम्मेबारी गोविन्द कोइरालालाई सुम्पेको छ भने सह—संयोजकमा कुसुम केसी रहेकीछिन् । प्रतिनिधि व्यवस्थापन उप—समितिको संयोजक मेघनाथ रिमाल रहेका छन् भने सह—संयोजकमा रामचन्द्र पौडेल छन् ।
सुरक्षा व्यवस्थापन उप—समितिको संयोजकको जिम्मेबारी नौजङ्ग गुरुङलाई दिइएको छ, सह—संयोजकमा शिव गुरुङ रहनेछन् । यस्तै प्राथामिक उपचार व्यवस्थापन उप—समितिको संयोजकमा रमाकान्त ढुङ्गाना र सह—संयोजकमा नेत्र खड्का रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख…







