नेपाली बजारमा सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको हो । यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।
यसैगरि , आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक…







