माैसम

पोखरामा मनसुन अगावै जमिन भाँसियो

मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका–३, नदीपुरस्थित बाल मन्दिर स्कुलको गेट अगाडी मुख्य सडकसँगै एउटा घरको आँगन र केही भाग भाँसिएको छ । बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेको छ । त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइप समेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।मुख्य सडक मै भ्वाङ परेपछि सवारी आवागमनको लागि… पुरा पढौ

पश्चिम नेपालका ६ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ । ती प्रदेशको तराईका भू(भागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा… पुरा पढौ

काठमाडौँको वायु प्रदूषण ‘धेरै अस्वस्थ’

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स ९एक्युआई०का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त… पुरा पढौ

विपद् जोखिम न्यूनीकरणका लागि तीन दिनभित्र स्रोत यकिन गरिने

विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा विपद्सम्बन्धी विषयहरूउठाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत यकिन गर्ने तथा अपुग स्रोत तीन दिनभित्र माग गर्ने निर्णय समेत गरेको छ । बैठकले सुक्खायाममा खडेरी र वन डढेलो… पुरा पढौ

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् । हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको… पुरा पढौ

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,म्याग्दीको गुर्जा र घोडेपानीमा पनि हिमपात

मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ । काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका… पुरा पढौ

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए । यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने… पुरा पढौ

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म… पुरा पढौ

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली… पुरा पढौ

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने सरकारको अनुमान

सरकारले हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान गरेको छ । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।… पुरा पढौ