माैसम

जाजरकोेटमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको… पुरा पढौ

पहिरो र बाढीले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित, रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता,कास्कीमा अलपत्र परेका तीन जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले जनजीवन प्रभावित बनाएको छ । गएराती परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा पहिरोले मानविय क्षती समेत हुन पुगेको छ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र… पुरा पढौ

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै… पुरा पढौ

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिईन् । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ । महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन । पछिल्लो समय… पुरा पढौ

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा… पुरा पढौ

कास्कीसहित ५ जिल्लामा बाढीको उच्च जोखिम,अविरल वर्षाले रुपामा घर भत्कियो,

देशका बिभिन्न भागमा आज राति पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि… पुरा पढौ

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान, सर्तकता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए । आज… पुरा पढौ

पहिरोका कारण घान्द्रुकका तीनवटा होटलमा क्षति

लगातारको वर्षाछि आएको पहिरोमा परी कास्कीको घान्द्रुकमा तीनवटा होटलमाथि नै पहिरो खसेको छ । गएराती आएको पहिरोले घान्द्रुकको वनठाँटीमा रहेका ३ वटा होटलमा क्षति पुर्याएको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ का वडासदस्य जगनबहादुर गुरुङले जानकारी दिए। पहिरो राती सवा ९ बजेतिर खसेको थियो । त्यहाँ रहेका ४ मध्ये ३ वटा होटलमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताईएको छ । पहिरोले होटल सनराइज, होटल शंकर र गुरुङ होटलमा क्षति भएको हो।हङ्ग्री आई होटलमा भने क्षति भएको छैन। सनराइज होटलमा ७५… पुरा पढौ

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा,सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा

कास्कीका बिभिन्न सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की अन्र्तगत जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रस्तुत गरेको प्रतिकार्य योजनामा पृथ्वी राजमार्गअन्तर्गत विजयपुर, पुम्दीभुम्दी, चङ्खपुर पामे, हेम्जा, सुइखेत, नयाँपुल र लुम्लेलगायत क्षेत्रलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । ती स्थानमा सडक अवरुद्ध भएमा अमरसिंहचोक, छोरेपाटन, भकुन्डे, हरिचोक, नयाँपुल र घट्टेखोलामा सवारीसाधन व्यवस्थापन ‘होल्ड’ गरिने उल्लेख गरिएको छ । विपद्का बेला जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र… पुरा पढौ

औसत मिति टर्दा पनि मनसुन अझै भित्रिएन

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिईन् ।मौसमविद् पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको बताईन् । नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै… पुरा पढौ