भ्रममा नपरौं बिहीबारसम्म बर्षा हुँदैन: मौसमविद्


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित




आगामी बिहीबार असोज १५ गतेसम्म देशभर कतै पनि खासै वर्षाको सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामाजिक सञ्जालमा आज देखि नै भारी बर्षा हुने अनधिकृत सुचना आएको भन्दै विभागका मौसमविद्ले यो तीन दिन बर्षाको संभावना नरहेको स्पष्ट पारेका छन् । महाशाखाका मौसमविद् डेभिड ढकालले आज जारी गरेको भिडिओ सन्देशअनुसार गत २४ घण्टामा जस्तै आज, भोलि र पर्सि पनि वर्षाको खासै सम्भावना देखिँदैन।

यसैले सामाजिक सञ्जालका अनधिकृत सूचनाको भर नपरी यस अवधिमा धान काट्न उनले किसानलाई सुझाव पनि दिएका छन्।अनधिकृत सुचनाको भर नपर्न आग्रह गर्दै उनले आधिकारिक जानकारी लिन नेपाल मौसम विज्ञान विभागका वेबसाइट र सामाजिक सञ्जाल हेर्न आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।