नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिईन् ।
मौसमविद् पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको बताईन् ।
नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यम वर्षा भइरहेको छ ।“हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुनसक्ने सम्भावना देखिएको छ”, उनले भनिन् ।
विगतमा सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९ २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला प्रवेश भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक…







