बाढीपहिरो

बिपी राजमार्गः‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो । बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको… पुरा पढौ

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो पहाड खसेर बनेको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते… पुरा पढौ

विपद्मा बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिइने

विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । सो निर्णयसँगै उक्त कार्यमा खटिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सम्बन्धित निकायले यथाशीघ्र पुनःसञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राहत… पुरा पढौ

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । “सामान्य बर्षा हुनेवित्तिकै पहिरो… पुरा पढौ

विपद्का घटनाबाट देशभर ४९जनाको मृत्यु, ११ बेपत्ता,इलाममा पहिरोले पुरेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। यसैगरी बाढीपहिरोमा परी ईलाममा ३७, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन्।राष्ट्रिय विपद्… पुरा पढौ

बाढीपहिरोले देशका अधिकांश राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ ।। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।… पुरा पढौ

इलाममा पहिरोः मृत्यु हुनेको संख्या १८ पुग्यो

इलामका विभिन्न ठाउँमा लगातारको वर्षा पछि आएको पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको मात्रै पुष्टि भएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ भने माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ ।त्यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना,… पुरा पढौ

फूल र रङ्गहरू

प्रकृतिले यस धरतीमा अपार उपहार दिएको छ। हामीले सुनेका, देखेका, पढेका आधारमा बिभिन्न विधाका विज्ञहरुले निकै धेरै अध्ययन अनुसन्धान, खोज, पुस्तक र लेखहरू प्रकाशन भएको हामीलाई लागे पनि प्रकृतिलाई समग्ररूपमा हेर्दा अति थोरै विधाहरूमा मात्र अध्ययन, अनुसन्धान भएका छन्। प्रकृतिका अधिकांश विधा अझै खोजी गरिनु पर्ने देखिन्छ। तर खोज अनुसन्धान गरिएका बिषयबस्तु मध्ये वनस्पति जगत भित्र फूल पनि पर्दछ। त्यस्तै रङ्ग पनि पर्दछ । यी दुई बीच अन्तरसम्बन्ध पनि जोडिएका छन्। ​फूल र रङ्ग बीच धेरै पक्षमा अन्तरसम्बन्ध छ। ती… पुरा पढौ

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना बेपत्ता

अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । रासस पुरा पढौ

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ । रासस पुरा पढौ