राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन रवि लामिछाने चयन भएका छन् ।
चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतीमा अन्य कसैको पनि उमेद्वारी नपरेको र ९९ केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भने बुधबार राति २ बजेसम्म गरिएको थियोे ।उमेद्वारी दिनेमा अधिकांश सांसद र मन्त्री छन् । निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् ।विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ। मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए।उम्मेदवारी दिएकाहरूले मंगलबार बेलुकादेखि नै आफ्ना लागि मत मागिरहेका छन्। उनीहरूले रातभर मत मागिरहेका थिए। प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर बुधबार बिहान आफ्नो टोलीसहित काठमाडौँ फर्किएका छन्। पार्टीमा केन्द्रीय सदस्य चयनका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेनको टिम भने बिहान ११ बजेतिर चितवनबाट बुद्ध एयर चढेर काठमाडौँ प्रस्थान गरेको हो।
चितवनको भरतपुरमा महाधिवेशन उद्घाटन गर्न गत आइतबार पत्नी र छोरीसहित त्यहाँ पुगेका उनी मंगलबार रवि लामिछानेलाई सभापति पदमा दोहो¥याउन प्रस्तावक बसेका थिए। आइतबारदेखि चितवनको लटौली सेन्चुरी रिसोर्टमा बसेका उनले आजै बिहान मात्र श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोस्ट गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेख्दैं प्रशंसा गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु…






