सडक

करिब ११ लाख विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।आर्थिक वर्ष २०८१÷८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६… पुरा पढौ

रुपाको बजेट : बाँदर नियन्त्रणदेखि छोरी जन्माउनेको खातामा नगदसम्म

सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ५५ करोडको बजेट ल्याएको छ । रुपा गाउँपालिकाको मंगलबार भएको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । रुपा गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार र पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण… पुरा पढौ

मादीको बजेट ६५ करोड १२ लाख, मादीले अबदेखि पेश्की बजेट नदिने

सन्देश श्रेष्ठपोखरा, असार ८ कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ । मादी गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३÷८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व… पुरा पढौ

ढोरपाटनको भुजीखोला पुल निर्माण अनिश्चित

बागलुङको ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ । दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गरे । सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ । पुरा पढौ

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ । कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सडक भएर ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ । एघार महिनामा… पुरा पढौ

पक्की पुल बनेपछि बागलुङको काठेखोलामा बर्सातमा सडक बन्द हुने समस्या हट्यो

सडकको पहुँच पुगेको २८ वर्षपछि बागलुङको काठेखोलास्थित डुडियामा पक्की पुल निर्माण भएको छ । उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८।४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो ।पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर दीपेश रिगलले जानकारी दिए । विसं… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पुर्वाधार अध्ययन समिति गठन

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्बाधार अध्ययन समिति गठन गरिएको छ। पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी,सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत… पुरा पढौ

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीले गरेको ‘स्विप अप्रेसन’का क्रममा ४० जना पक्राउ परेका छन् । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘स्विप अप्रेसन’लाई निरन्तरता दिएको छ । जस अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो । पोखरा–२३ र २४… पुरा पढौ

विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा

पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा गरे । प्रदूषणरहित सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको फोहरमैला सङ्कलन… पुरा पढौ