लेकसाइडबाट १० वटा सवारी साधन नियन्त्रणमा


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८३ मा प्रकाशित




पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट १० वटा सवारी साधन नियन्त्रणमा लिईएको छ ।

कास्की प्रहरीले लेकसाइड क्षेत्रमा संचालन गरेको अपरेशन सभ्यता अभियानका क्रममा मादक पदार्थ सेवन गरी चलाएका ७ सहित १० वटा मोटर साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । राती १ बजेदेखि बिहान ५ बजेसम्म गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिईएका मध्ये ७ सवारी साधनलाई मापसे कारवाही गरिएको , २ वटालाई ट्राफिक कारवाही र एउटा मोटर साइकललाई भने वडा प्रहरी कार्यालय बैदाममा राखिएको उनले बताए ।

अपरेसन सभ्यता अन्र्तगत हालसम्म ८ महिलासहित १६७ जना र ४४३ वटा मोटर साइकललाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । लेकसाइड क्षेत्रमा झै झगडा गर्ने,पर्यटकलाई अनावश्यक हैरानी दिने तथा दुव्र्यवहार गर्ने र अनैतिक तथा अवाञ्छित गतिविधि गर्नेलाई प्रहरीले कारवाही गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।