अमरसिंह मा.वि भूतपूर्व विद्याथी एसोसिएसनद्वारा छात्रवृत्ति वितरण


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०८३ मा प्रकाशित




अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच ४ जना विद्याथीहरूलाई जनही रु ५ हजार रुपैयाँका दरले २० हजार रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ८ सिमा अध्ययनरत आर्दश परियार, कक्षा १० सिमा अध्ययनरत गृष्मा गुरुङ, कक्षा १० डिमा अध्ययनरत सिम्रीक शर्मा र कक्षा ६ डिमा अध्ययनरत रवी कुमार ठाकुर रहेका छन्।उक्त छात्रवृत्ति रकमका लागि हाल युके निवासी विद्यालयका भूतपूर्व विद्यार्थी तीर्थमान गुरुडको पहलमा जुटेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष विष्णु तिमिल्सिनाको संयोजकत्वमामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरे, विद्यालयका प्रधानाध्यापक बलराम पोखरेल, पूर्व प्रधानाध्यापकद्वय दुधराज गुरुङ र कृष्ण बहादुर गुरुङ तथा भूतपूर्व विद्याथी तीर्थमान गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । उनीहरुले पूर्व विद्याथीहरूले आफ्‌नो मातृविद्यालयप्रति देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्याथीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्या. दाक्षीरि गुरुङ रामबजारको स्मृतिमा विद्यालयका भूतपूर्व प्रधानाध्यापक दुधराज गुरुङ तथा क्या. भिमराज गुरुङद्वारा स्थापित एसईई उत्कृष्ट छात्रवृत्ति अक्षयकोषमा पहिले रहेको एक लाखमा थप एक लाख हस्तान्तरण गरी अक्षयकोषको रकम दुई लाख पूर्याईएको छ । संस्थाका उपाध्यक्ष राजेन्द्र राज बस्ताकोटीको स्वागत सहजीकरण रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।