सडक

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न, बसलाई सडकमा पार्किङ गर्न रोक लगाईने

पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकले भोग्नु परेको सास्तीका बिषयमा छलफल भएको छ । पर्यटकीय क्षेत्रमा देखिएको समस्यालाई समाधानका लागि आज विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको हो । स्थानीय निकाय, सुरक्षा निकाय र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई पार्किङ गर्न रोक लगाईने भएको छ । ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए… पुरा पढौ

वालिङ–हुवास सडक कालोपत्र हुँदै

दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ । विसं २०४९ मा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको सडक कालोपत्र गर्न थालिएको हो । वालिङ–हुवास सडकखण्डकोे पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्र विछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजित रु चार करोड बजेटबाट कालोपत्र गर्न थालिएको कार्यालयले जनाएको छ । छ मिटर चौडाइमा कालोपत्र गरिएको छ । पर्वत… पुरा पढौ

कालीगण्डकी नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो । आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट… पुरा पढौ

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ । त्यसैगरी,राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ । सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने… पुरा पढौ

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथका रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए । उनले भने, “यस खण्डमा पर्ने १४ किमीमध्ये… पुरा पढौ

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग… पुरा पढौ

मुस्ताङमा निर्माणाधीन कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम अन्तर्गत मुस्ताङको कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर… पुरा पढौ