समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४।७१ अङ्कले उकालो लागेर दुई हजार १।५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ अङ्कले उकालो लागेर ३८३।१४ मा पुगेको छ ।कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८… पुरा पढौ

किशोरी मृत्यु प्रकरण ; दुई व्यक्ति पक्राउ

रुपन्देही । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।… पुरा पढौ

सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गरे ।उनले प्रतिवेदन पेश गर्नुअघि नेकपा एमालेका सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गरे । उनले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गरे । त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम… पुरा पढौ

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बंैक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिए । यसरी बंैक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उनले बताए। कारबाहीमा… पुरा पढौ

विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ । विज्ञान र प्रविधिको उच्चतम् अवलम्बन गरेर मुलुकको आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले जोड दिएका छन ।कल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमका वक्ताले राज्य र राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिलाई चेतनाको रूपमा लिएर काम गर्न सकेमात्रै समृद्धिको यात्रा सार्थक हुने विश्वास व्यक्त गरे । साथै उनीहरुले विज्ञानको प्रयोग मानवजीवनको अपरिहार्य वस्तु भएको र यस क्षेत्रको विकास प्रवद्र्धनमा राज्यको लगानी बढाइनुपर्नेमा जोड दिए । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले… पुरा पढौ

खाद्यान्न निर्यात सम्बन्धी युक्रेन र रुस वार्तामा प्रगति

ः युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्किीले रुससँगको पछिल्ला केही दिनमा भएको वार्तामा प्रगति भएको बताएका छन् । खासगरी स्तानबुलमा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् । इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीचमा केही दिनअघिदेखि वार्ता सुरु भएको थियो । सो वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार सो वार्तामा प्रगति भएको कुरा बताइएको छ । राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ता टोलीका तर्फबाट आफूलाई… पुरा पढौ

असारको अन्त्यसम्म पनि रासायनिक मलको समस्या

गण्डकी । “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेरदेख्छन् होला मधुर सपना काम राम्रो गरेर ।खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेरहाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको छ ।श्रम र पसिना खर्चेर उत्पादनमा जोड दिने किसान भने समस्या नै समस्यामा अल्झिनुपर्ने विवशता यतिखेर गम्भीर चुनौतीको विषय बनेको छ । कृषिको आधुनिकीकरणको अभावमा अझै पनि… पुरा पढौ

४० लाख पुगे करदाता

करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् । आव २०७६÷७७ को तुलनामा… पुरा पढौ

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो ९सिआईबी०ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए ।पक्राउ परेका… पुरा पढौ

गाउँमै निःशुल्क अल्ट्रासाउण्ड सेवा,स्थानिय महिला खुसी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी–५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताए। गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताए । उनले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी–५ बागीका… पुरा पढौ