समाचार

प्रधानमन्त्री राहत कोषमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ कास्कीको रु. १ लाख १५ हजार ५६० सहयोग

पोखरा ।प्रधानमन्त्री राहत कोषमा १ लाख १५ हजार ५६० रुपैयाँ सहयोगपोखरा । देशमा परेको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ, कास्कीले बाढीपीडितको सहयोगका लागि रु. १ लाख १५ हजार ५६० प्रधानमन्त्री एउटाराहत कोषमा जम्मा गरेको छ।विपद्को समयमा राज्यलाई साथ दिने आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै संघले उक्त रकम राहत कोषमा जम्मा गरेको हो। संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले विगतदेखि नै राज्यलाई आवश्यक… पुरा पढौ

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीसमेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।तेस्रो दिन सहयोग गर्नेमा राजेशकुमार–गंगा कार्कीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुँवरबाट जनही ५५ हजार… पुरा पढौ

छाङ्गेली नेवाः खलको रक्तदान, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजले आयोजना गरेको रक्तदानबाट ५७ युनिट सकंलन भएको छ । पितृ उद्धार पर्व गाइजात्राको अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए । कार्यक्रमको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले समाजले नेवारी संस्कार तथा… पुरा पढौ

जिवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर पोखराका अधिकारीको अन्त्येष्टि

सन्देश श्रेष्ठपोखरा, भदौ १९ पोखरा–१४ समावेशीटोलका गोविन्द अधिकारी रसुवा टिमुरे भन्सारका कर्मचारी थिए । भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन् भएको १० दिन बित्दासमेत उनको अत्तोपत्तो भएन । बाढी आएकै दिनदेखि सम्पर्कविहीन् उनलाई जिवित भेटिने आश मरेमछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन् । उनको कुशको शव शुक्रबार रामघाटस्थित सेती नदीमा सेलाइएको हो । अनेक प्रयत्नका बाबजुद नभेटिएपछि परिवारले आश मारेर कुशको शव बनाएर अन्त्येष्टि गरेको छिमेकी घनश्याम पाण्डेले जानकारी दिए । सम्पर्कविहीन् भएको दिनदेखि नै खोजी शुरु… पुरा पढौ

अग्रज गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति’ सम्मान

अग्रज गायक एवं संगीतकार धनबहादुर गुरुङ पोखरामा सम्मानित भएका छन् । लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको वरिष्ठ संस्कृतिकर्मी स्व. लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार गुरुङलाई ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा स्व. लोक बहादुर… पुरा पढौ

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिने भएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया गर्ने भएको हो । सातवटा टोली प्रदेशगत रूपमा परिचालन हुनेछ । पहिलो चरणमा २८ जिल्लामा सरोकारवालासँग अन्तक्र्रिया गरिनेछ ।… पुरा पढौ

कास्की प्रहरी परिसरमा एकिकृत सेवा सुरु(विज्ञप्तिसहित)

डि एन ए प्रोफाईलका लागि जिल्ला प्रहरी कार्यालय,कास्कीले एकिकृत सेवा संचालनमा ल्याएको जनाएको छ । रसुवा बाढीका कारण हराएका व्यक्तिहरुको खोजतलास, शव पहिचानका निम्ति नजिकको आफन्तबाट डि एन ए प्रोफाईलिङ्को लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने, रगतको नमूना संकलन कार्य यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरेको थियो । तर रगतको नमुना कार्यलाई सहज र सरल बनाउने भन्दै कास्की प्रहरीले आजदेखि आफ्नै कार्यालय परिसरबाट सेवा सुरु गरेको जनाएको हो । यस सेवाबाट पिडित आफन्तले सरल रुपमा सेवा पाउन सक्ने अपेक्षा… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला,हालसम्म ९२६ जनाको शव जमिनमा व्यवस्थापन

रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ । आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो । त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८… पुरा पढौ

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबारदेखि तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल टेनिस प्रतियोगिता सुरु भएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा उनले खेल पर्यटन प्रवद्र्धन तथा खेलाडीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्नका लागि रेवान पोखराले यो प्रतियोगितालाई सहयोग गर्दै आएको बताए । यसअघि रेवान पोखराका पदाधिकारीहरूले कास्की जिल्ला खेलकुद विकास समितिले पोखरा रङ्गशालाभित्र सञ्चालन गरेको ‘क्लिन रङ्गशाला ग्रीन रङ्गशाला’ कार्यक्रममा हातेमालो गर्दै रेवान पार्क… पुरा पढौ

तीज मनाउने खर्च भोटेकोशी बाढी प्रभावितलाई, अम्बिका आमा समुहद्वारा १ लाख बढी सहयोग

शिशिर उजाडपोखरा पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेको छ । नारीहरुको साँस्कृतिक पर्व हरितालिका तीजमा खर्च गरिने रकम गत बुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकका लागि खर्च गरिएको समुहले जनाएको छ । संस्थाले टोलबाट संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष कृष्ण कुमारी खवासले जानकारी दिईन् । सो रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत प्रधानमन्त्री… पुरा पढौ