समाचार

भोटेकोशी बाढीमा परेर हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक… पुरा पढौ

भोटेकोशी बाढीः तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो,खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उनले भने, “हामी अहिले… पुरा पढौ

सिटिजन फर्निचरका दिपक कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए रु १ लाख ११ हजार १११

पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक युवा उद्यमी दिपक कार्कीले रु १ लाख ११ हजार १११ सहयोग गरेका छन्। कार्कीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले हिमालयन बैंक लिमिटेड, प्रधान कार्यालयमा रहेको ‘PRIME MINISTER DISASTER RELIEF FUND’ को खातामा हस्तान्तरण गरेका हुन्। बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका… पुरा पढौ

बाढीपीडितका निम्ति राहत र पुनस्र्थापना अभियानमा सरिक हुने पोउवास संघको घोषणा

पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी एवं आम नागरिकसँग अपिल गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट बुधबार जारी गरिएको अपिलमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ताहरुको यथाशीघ्र खोजी र उद्धार, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनस्र्थापना एवं घाइतेहरूको तुरुन्तै उपचार प्रबन्धका निम्ति सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।अध्यक्ष कार्कीबाट जारी अपिलमा विपत्ति… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यका ८ उमेदवारहरुले बनाए चुनावी परिचालन समिति

पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् ।सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक दुर्गा बराल यातायात व्यवस्थापन संयोजक कमल सुनार रहेका छन ।पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक… पुरा पढौ

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताए । अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको… पुरा पढौ

बाढी पिडित राहत कोषमा पोखरा १३ का वडाध्यक्ष बरालको सहयोग घोषणा

पोखरा १३ का वडाध्यक्ष किरण बरालले बाढी पीडितको राहतका लागि सहयोगको घोषणा गरेका छन् । पछिल्लो समय मुलुकले सामना गरिरहेको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगका लागि उनले आफ्नो मासिक पारिश्रमिक सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेका हुन् ।आफूले पाउने मासिक पारिश्रमिक बुधबारदेखि नै राहत कोषमा जाने उनले जानकारी दिए ।बुधबार मात्रै भोटेकोशी र त्रिशुलीमा आएको बाढीले जनधनको क्षति भएको भन्दै उनले विपद्का कारण धेरै परिवार प्रभावित भएको र उनीहरुलाई तत्काल राहतको आवश्यकता परेकाले पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने… पुरा पढौ

भोटेकोशी बाढीः २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट… पुरा पढौ

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग केन्द्रमा ८ हजार ६ सय बढी रक्त संकलन

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८ हजार ६ सय बढी युनिट रगत संकलन भएको छ । विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औं स्मृति तथा विश्व बन्धुत्व दिवसको पावन भदौं ५ देखि ९ गतेसम्म देशका बिभिन्न स्थानमा गरिएको कार्यक्रमबाट ८ हजार ६९४ युनिट रगत संकलन भएको निर्देशक राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीले जानकारी दिईन् । अभियानको शुभारम्भ पोखराबाट कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

गण्डकीमा एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

सन्देश श्रेष्ठपोखरा, भदौ १० नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरि सरकारमा गएका चार जना मन्त्रीहरुले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामुहिक राजिनामा पत्र बुझाए । पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए । यसअघि मंगलबार बसेको प्रदेश… पुरा पढौ