समाचार

युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७… पुरा पढौ

इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए । रुख काट्ने साइत राति ८ः४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले जानकारी दिए । लिङ्गो नगर प्रवेश गराउने साइत असोज… पुरा पढौ

तनहुँको बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

तनहुँको व्यास नगरपालिका २ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३,८४ को बजेटबाट तटबन्धन सुरु गरिएको वडासदस्य सुरेश वाग्लेले जानकारी… पुरा पढौ

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

जुम्लाको गुठीचौर गाउँपालिका १ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे । उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे । तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन् । “एघार दिन रसुवा… पुरा पढौ

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित, सात अर्ब बढीको क्षति

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार रु ७ अर्ब २४ करोड बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको… पुरा पढौ

‘बुकीफूल’को शुभमुहूर्त सिक्लेसमा हुने

नेपाली चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको सिक्लेसमा हुने भएको छ । गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ श्याम, निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो । टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… पुरा पढौ

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए । आज बिहान… पुरा पढौ

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो । पोखराका दुई प्रमुख हल क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् ।पोखरा ट्रेडमलमा रहेको क्युएफएक्स सिनेमाजमा पहिलो दिन १ हजार २… पुरा पढौ

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए । “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने। संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको… पुरा पढौ