ः युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्किीले रुससँगको पछिल्ला केही दिनमा भएको वार्तामा प्रगति भएको बताएका छन् । खासगरी स्तानबुलमा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् । इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीचमा केही दिनअघिदेखि वार्ता सुरु भएको थियो । सो वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार सो वार्तामा प्रगति भएको कुरा बताइएको छ । राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ता टोलीका तर्फबाट आफूलाई जानकारी भएअनुसार सो वार्तामा केही प्रगति भएको छ र यस विषयमा संयुक्त राष्ट्रसङ्घ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् ।यस विषयमा सहमति भएपछि विश्व बजारमा युक्रेनको र युक्रेन भएर खाद्यान्न निर्यात गर्ने प्रयोजनमा युक्रेनले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने देखिएको छ ।
बुधबार नै युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले टर्कीमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयमा गएर आफ्ना मागहरु राखेका थिए । सो भेटका क्रममा युक्रेनबाट खाद्यान्न निर्यात गर्नका लागि के गर्न सकिन्छ र यो प्रयासलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा आवश्यक छलफल गरेका थिए । रुसले युक्रेनमा हमला गरेपछिका पछिल्ला केही महिनाहरुमा युक्रेन भएर खाद्यान्न निर्यात हुन पाएको छैन । यसले गर्दा विश्वमा नै खाद्यान्नको अभाव भइरहेको देखिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन रवि लामिछाने चयन भएका छन् । चितवनमा…






