राजनीति

प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२/१२/२८… पुरा पढौ

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाण्डौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरेका छन्… पुरा पढौ

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गर्नुभएको हो । यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव… पुरा पढौ

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिए । अध्यक्ष चुमानका… पुरा पढौ

सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता… पुरा पढौ

नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा छलफल हुन्छ : महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताए । “विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने । उनले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई… पुरा पढौ

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकाले निकास खोज्दैछः कानूनमन्त्री गाहामगर

वैशाख २ पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् । मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ… पुरा पढौ

प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधामन्त्री दाहालले भने, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने… पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस पुरा पढौ

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका हुन् । पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई… पुरा पढौ